१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ



अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्रीवितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मङ्गलबार साँझ गोलबजार–१० महाजन टोलका करिब २० वर्षीय रूपेश सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सिंहको साथबाट सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको दुई ग्राम १३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको हो । सिंहलाई हाल गोलबजारस्थित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि गत आइतबार राति प्रहरीले लहान र कर्जन्हाबाट पनि खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको थियो । रासस