२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?



अ+ अ-

काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ ।

३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ । १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर सो चलचित्रले ५ करोड भन्दा बढी कमाएको हो ।

अर्को चलचित्र हरिबहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो । यस्तै, माइतिघरले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ अर्को चलचित्र वरिष्ठ बलरामको टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् भने उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ । अर्को मैझारो चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ ।

प्रदर्शनमा आएको सोल्टिनीले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ ।