१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईलगायत चैत्र महिनामा सञ्चालन हुने सबै परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । सरकारले एसईईलगायत चैत्र महिनामा सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ । कोरोनाको संक्रमण बढ्ने खतराका कारण सरकारले सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईसहित चैत्रमा हुने सिटिइभिटी र त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । बिहिबारबाट हुने एसईई परीक्षाका लागि सबै तयारी पूरा भईसकेपछि सरकारले स्थगित गरेको हो । परीक्षा हुनुभन्दा १२ घण्टा अगाडी मात्र परीक्षा स्थगित भएको सूचना विद्यार्थीले पाएका थिए । सम्पूर्ण तयारी पूरा गरेर बसेकाहरू भने अन्यौलमा देखिएका थिए ।

एसइई परीक्षामा देशभरबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदैथिए । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपछि विद्यार्थी अन्यौलमा परेका छन् । तर, मन्त्रालय स्रोतका अनुसार वैशाख मध्य वा अन्तिममा परीक्षाहरू सञ्चालन हुन सक्नेछन् । कोरोनाको प्रभाव कम हुनेबित्तिकै रोकिएका परीक्षाहरू यथावत रूपमा सञ्चालनमा आउने जानाइएको छ । कोरोना रोकथाम समितिले परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि नेकपाको सचिवालय बैठकले परीक्षा समेत रोक्न सुझाव दिएको थियो । सो सुझाव पाए लगत्तै सबै परीक्षा स्थगित गर्ने निर्णयमा सरकार पुगेको हो ।

त्रिविबाट सञ्चालन हुने गरी तयारी अवस्थामा रहेका सबै परीक्षा पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन । यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

यसैबीच, चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । समितिले विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सौर्य दैनिक