२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिनुभएको छ ।

निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मतसम्भारलगायत काममा बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने, सुशासन कायम गर्न जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँले राजनीतिक दबाबमा नपरी काम गर्न निर्देशन दिनुभयो ।

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम रु १७ अर्ब भन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी दिनुभएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उपस्थित हुनुहुन्थ्यो ।