१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित



अ+ अ-

तान्जानिया। तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा राष्ट्रपति सामिया सुलुहु हसन बिजय हुनुभएको छ।

तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गर्नुभएको छ। निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए ।

यीमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो । निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विगतमा चुनावको पारदर्शिताको विरोधमा देशका धेरै भागमा हिंसा भएको थियो । सयौं मानिस मारिएका छन् भने सयौं घाइते भएका छन् ।

देशभरि इन्टरनेट काटिएको छ। इन्टरनेट नहुँदा मृत्यु हुनेको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि कठिन भएको छ । निर्वाचन परिणमपछि सरकारले हिंसाको मात्रालाई कम गर्न खोजेको र स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाएको छ । (रासस/एएफपी)