६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अविरल जनसाहित्य यात्रा’ को १०३औँ विशेष शृङ्खला सम्पन्न



अ+ अ-

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को १०३औँ विशेष शृङ्खला सम्पन्न भएको छ ।

आज यहाँ आयोजित शृङ्खलामा स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता प्रस्तुत गरिएका थिए। प्रस्तुत देशभक्तिपूर्ण र समसामयिक विषयवस्तुका छन्दोबद्ध कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा डा देवी नेपालले खतिवडा प्रकृतिको जीवन्त चित्रण, सामाजिक बेथितिलाई शालीन ढङ्गले उजागर गर्ने र रूपान्तरणको ध्वन्यार्थ सुन्दर तरिकाले सम्प्रेषण गर्ने स्रष्टा भएको बताउनुभयो ।

सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालले विसं २०७० चैत १४ देखि वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’ लाई प्रगतिवादी कविलाई मञ्च प्रदान गर्दै निरन्तरता दिइएको बताउनुभयो । रासस