१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई टुक्रा भयो एकीकृत समाजवादी, माधव नेपाल माओवादीतिर लाग्दा झलनालले नयाँ पार्टी खोल्ने



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दुई टुक्रा भएको छ । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् । तर सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुले त्यसमा विमति राखेका छन् ।

सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए ।

केन्द्रीय कमिटीपछि खनालले पनि पार्टी विभाजन भएको बताएका छन् । ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई मओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो,’ खनालले भने ‘पार्टीलाई बिसर्जन गरियो ।’ पार्टी पुनर्गठनका लागि अब नेताहरुसँग छलफल गर्ने र कानुनी प्रक्रियामा जाने पनि खनालले बताए ।

खनालले आफूसहित ठूलो संख्यामा नेता तथा कार्यकर्ता माओवादीमा नजाने बताइसकेका छन् । उनले माधव नेपालले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले अब आफूहरुले नयाँ पार्टी खोल्ने पनि जानकारी दिएका छन् ।

नेपालमा क्रान्तिकारी समाजवादी पार्टीको आवश्यकता रहेकाले आफूहरुले अब त्यस्तै पार्टी बनाउने घोषणा उनले गरेका छन् ।

खनाल निकटका केही नेताहरु भने अहिले एमालेसँग पनि सम्पर्कमा छन् । उनीहरुले खनाललाई एमालेविरुद्ध चर्को नबोल्ने सुझाव दिइरहेका छन् । यही बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै घरमा फर्कन आह्वान गरेका छन् ।

खनालले भने एमाले अध्यक्ष ओलीको आह्वान ठीकै भएकाले त्यसलाई धन्यवाद दिएका छन् । तर उनले अहिले नै एमालेमा जानेबारे कुनै निर्णय नगरेको बताए । परिस्थिति फरक रहेकाले एउटा क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रमका आधारमा नयाँ पार्टी नै बताउने उनको भनाइ छ ।