५ असार २०८३, शुक्रबार
,
Latest
सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान



अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको आज यहाँ बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावनाविपरीत आपराधिक मानसिकता भएका अराजक समूहबाट गरिएका घटनामा तोडफोड, लुटपाट एवं आगजनीबाट आमनागरिक र व्यवसायी जगत्मा ठूलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिनुभयो ।

“यस घटनाबाट आमनागरिक, व्यावसायिक जगत्को मनोबल तथा आर्थिक क्रियाकलाप कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत तथा सहुलियतजस्ता प्रयासलाई थप अघि बढाउन आह्वान गर्दछौँ”, उहाँले भन्नुभयो ।

बैठकले कर विवरण बुझाउने अवधि एवं ऋण तथा ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न पनि सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउनसमेत सरकारलाई अनुरोध गरेको छ ।

बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, गर्भनर विश्व पौडेल, अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो ।




भर्खरै