१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजेको धान, किसानको आँशु अनि घामको प्रतिक्षा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बुधबार साँझदेखि पर्न थालेको पानी अझै रोकिएको छैन । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावले पानी परेको हो । यसले सबैभन्दा बढी क्षति धानबालीमा पुगेको छ ।

पाकेको धान काटेर राखिएकै ठाउँमा भिजेको छ । पाक्क लागेको धान डलेर नष्ट भएको छ ।

किसानहरु अहिले धान बाली नष्ट भएको टुलुटुलु हेर्न बाध्य छन् । उनीहरुको वर्षभरीको मेहनत खेर गएको छ ।

भोलिदेखि मनसुन कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । त्यस प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने महाशाखाको भनाइ छ ।

(फोटो : रासस)