२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार, दल र जेन–जीबीचको त्रिपक्षीय बैठक आज बस्दै



अ+ अ-

न्यूजपोलार ए.आई.

सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुबीच आज त्रिपक्षीय छलफल हुँदै

छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण तयार पार्ने गरी वार्ता आह्वान

 

काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुबीच आज त्रिपक्षीय छलफल हुँदै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफलका लागि बोलाएकी छन् । छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी तय भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण तयार पार्ने गरी वार्ता आह्वान गरेकी हुन् । बैठकमा निर्वाचनको वातावरण तयार पार्न सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय जनाएको छ ।

विभिन्न ८/९ वटा समूहका जेन–जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीसहितको त्रिपक्षीय छलफल हुन लागेको हो ।

यसअघि दल र जेनजीसँग अलगअलग छलफल गरेकी प्रधानमन्त्री कार्कीले यसपटक सर्वदलीय छलफल गर्न लागेकी हुन् ।