५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
अ+ अ-

दोधारा चाँदनी । भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउनुहुन्छ । रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उहाँ ‘सिजन’मा पर्यटक नआएपछि दुई वर्षयता निराश हुनुहुन्छ ।

“दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनुहुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो”, रानाले भन्नुभयो, “पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन् ।” उहाँले पर्यटक आउने समय दसैँ–तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताउनुभयो ।

निकुञ्ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जङ्गल सफारी बन्द गर्ने गर्दछ । विगतमा असोज १ गतेदेखि जङ्गल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ–तिहारको समयमा जङ्गल सफारी खुल्न नसकेको राना बताउनुहुन्छ । “दसैँ–तिहारको समयमा मात्र रु एक लाखभन्दा बढी आम्दानी हुन्थ्यो”, रानाले भन्नुभयो, “अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उहाँले बताउनुभयो । “समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्”, रानाले भन्नुभयो, “यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन् ।”

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती राना बतानुहुन्छ । “ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो सङ्घसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन”, उहाँले भन्नुभयो, “दसैँ–तिहारको समयमा अग्रिम बुकिङ्ग हुने हाम्रो होमस्टेमा अहिले एक/दुई जना भारतीय पर्यटक मात्रै छन् ।”

सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आय स्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताउनुहुन्छ ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ ।”

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन । निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतीका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।