१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लास्थित सबै माध्यमिक विद्यालयमा पूर्वाधार निर्माण र आइसिटी (सूचना प्रविधि) पहुँच विस्तारको कार्यक्रम सुरु हुने बताउनुभएको छ ।

धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र यो कार्यक्रम पूरा गर्नेगरी योजना अघि बढाइएको जानकारी दिनुभयो । सो अवसरमा उहाँले फाउन्डेसनले सहिद भूमि–६ मा निर्माण गरेको ठाकुरदेवी माविको भवन उद्घाटन गर्नुभयो । रु ९२ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

मुख्यमन्त्री कार्कीले शिक्षाक्षेत्र सुधारका लागि प्रदेश सरकारले ठोस कदम चालेको उल्लेख गर्दै भन्नुभयो, “यो केवल भवन निर्माण मात्र होइन, ज्ञान र प्रविधिको आधार तयार पार्ने अभियान हो ।”

सिपी फाउन्डेसनका अनुसार ठाकुरदेवी विद्यालय निर्माणपछि सहिद भूमि गाउँपालिकाभित्रका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाइनेछ । फाउन्डेसनका संस्थापक सिपी खेतानले विभिन्न दातृ संस्थाको सहकार्यमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार तथा आइसिटी निर्माण गरिने जानकारी दिनुभयो । उक्त परियोजना करिब रु १५ अर्बको लगानीमा अघि बढाइएको हो ।

सो अवसरमा सहिद भूमि गाउँपालिका र सिपी फाउन्डेसनले गाउँपालिकालाई ‘नमूना पालिका’ बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीअनुसार पालिकामा करिब रु दुई अर्बदेखि रु तीन अर्ब लगानी हुने र सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघुउद्यमशीलता तथा सडक कालोपत्र गरिने छ ।

सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि परेको सहिद भूमि पालिकालाई ‘नमूना पालिका’का रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।