५ असार २०८३, शुक्रबार
,
Latest
संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था



अ+ अ-

बागमती। छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ ।

व्रतालुहरू पूजा गर्न नदी तटमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र ‘स्ट्राइकिङ’ सहितका प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ । रासस




भर्खरै