२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकको प्रष्टिकरण: तोडफोड र आगजनीमा मेरो सहभागिता छैन



अ+ अ-

काठमाडौं । भदौ २४ गतेको आगजनी र तोडफोडमा सग्लन भएको आरोप लागेपछि चलचित्रकर्मी दीपकराज गिरीले सामाजिक संञ्जाल मार्फत प्रष्टिकरण दिएका छन् ।

गिरीले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै तोडफोड र आगजनीमा आफ्नो सहभागिता नरहेको जनाएका हुन् । उनले आन्दोलबारे आयोजिक छलफलमा भने सहभागीता जनाएको बताएका छन् ।

गिरीले सामाजिक संञ्जालमा लेखेका छन् ।

सकेसम नबोलौ भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो

दीपकजी ,के यो तपाइ नै हो?

अब जिम्मवार नागरिकको हिसाबले त बोल्नै पर्यो !

पहिलो कुरा त के सत्य हो भने ,नेपालका हरेक परिवर्तन सम्बन्धि आन्दोलन लाइ समर्थन गरे झै यस्लाइ पनि समर्थन गरेकै हो।

यदि त्यो अपराध हो भने अपराध त भयो नै….

अब मुख्य कुरामा जांउ , त्यो दिन गणेश कार्कि भाइले फोन गरेर सर्बपक्षिय सानो भेला छ बानेश्वरमा , कलाकारको रूपमा तपाइहरू पनि आउनुस भन्नु भो , त्यसपछि म घर बाट हिडे ,त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो , मेरो घर बाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर ,कस्को घर हो त्यो पनि थाहा थिएन, त्यहां केहि रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए , मलाइ हात हल्लाए फोटो पनि खिचि नै रहेकै थिए , भएको त्यति नै थियो अहिले त्यो बाटोमा हिडिरहेको त्यो फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ……

दोस्रो फोटो …..त्यसपछि छलफलमा गइयो ब्यापक तोडफोड रआगजनी सुरू भो त्यसपछि हाम्ले तोडफोड नगरौ भन्ने एउटा भिडियो पनि बनायौ , त्यसपछि घर आंएर निरन्तर तोडफोड नगरौ , राष्ट्रको सम्पत्ति जोगाऔ भन्ने स्ट्याटस हालिरहे , त्यो स्ट्याटसहरू सांक्षिको रूपमा छंदैछन …….बास्तवमा त्यो आन्दोलन एउटा छुट्टै पाटो थियो र आगजनी र बिध्वंस चाहि अर्को पाटो , त्यो दोस्रो पाटोमा चाहि दलहरूकै मान्छे लगायत अनेकौ स्वार्थ समूह छिरेको त प्रमाणित नै भैसक्यो !

मेरो सवालमा चाहि , म कुनै समूहमा आबद्द नभएको कलाकार

देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छै

यदि प्रमाणित हुन्छ भने हदै सम्मको कारबाहिको लागि तैयार छू !

जय नेपाल!!