१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा छठपर्वका लागि कात्तिक ११ गते पनि सार्वजनिक बिदा



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ।

प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो ।

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गर्नुभएको सूचनामा मधेस प्रदेश सरकारद्वारा विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको जानकारी दिनुभयो । उहाँले सोहीअनुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । 

सङ्घ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि सार्वजनिक बिदा दिइसकेको छ । रासस