२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्यः मुख्यमन्त्री बानियाँ



अ+ अ-

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले ‘जेनजी’ प्रदर्शनबाट अब पाठ सिकेर राजनीतिक दलहरू सुध्रेर अगाडि बढ्नुपर्ने र जनताले पठाएका प्रतिनिधिले ठिक ढङ्गले काम गरे कसैसँग डराउनु पर्ने अवस्था नआउने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन अनियमितताविरुद्धको आवाज र   भ्रष्टाचारविरुद्धको आक्रोस थियो । त्यसैले अब त्यस क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मान गर्दै राजनीतिक दल र नेतृत्व सुध्रनु पर्छ ।

मुख्यमन्त्री बानियाँले भविष्यमा यस्ता आन्दोलन नहुन दिन प्रत्येक वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधीहरू सुध्रेर जनपक्षीय काममा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधान र  लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठन परिचालनमा लाग्नुपर्ने धारणा राख्नुभयो । रासस