काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्।
प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार मंगलबार (४ कात्तिक) का लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्।
उनले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन्। प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन्।
सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए ।










