१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनरक्षक औषधिको ढुवानी ठप्प



अ+ अ-

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वदेशी उत्पादन फयाक्ट्रिमै रहेका कारण अभाव सिर्जना हुँदा विक्रेताले कालोबजारी शुरु गरेका छन्।

नेपालमा कुल मागको करिब ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी ५५ प्रतिशत भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मनीलगायत मुलुकबाट आयात हुने गरेको छ। ती सबै मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको छ।

नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिंदै जीवनरक्षक औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा अभाव सिर्जना भएको विरामीको गुनासो छ। क्यान्सर प्रभावित श्रमतीको केमोथेरापीद्वारा उपचार गराउँदै आएका ज्ञानेन्द्रविक्रम महतले औषधिको अभाव गम्भीर समस्या रहेको बताए। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।