२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् विस्तारबारे प्रधानमन्त्री कार्की– भको भई छ नि !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पनि पूर्णता पाएको छैन ।

प्रधानमन्त्रीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेको भनिएपछि अहिलेसम्म विस्तार हुन सकेको छैन । समयमै मन्त्रीमण्डलले पूर्णता नपाउँदा मन्त्रालयहरू मन्त्रीविहीन रहेका छन् ।

यसैबिच बिहीबार सिंहदरबार परिसरमा एक पत्रकारले प्रधानमन्त्री कार्कीलाई मन्त्रिपरिषद विस्तारको विषयमा जिज्ञासा राख्दा उनले झर्को मानेकी छिन् । ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले नरोकिई जवाफ फर्काइन्–  ‘मन्त्रिपरिषद् विस्तार भ’को भई छ’ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

त्यसपछि दोस्रो पटक ६ असोजमा उनले ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । प्रधानमन्त्री कार्की स्वयमले ९ वटा मन्त्रालय सम्हाली रहेकी छन् ।