२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् विस्तारबारे प्रधानमन्त्री कार्की– भको भई छ नि !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पनि पूर्णता पाएको छैन ।

प्रधानमन्त्रीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेको भनिएपछि अहिलेसम्म विस्तार हुन सकेको छैन । समयमै मन्त्रीमण्डलले पूर्णता नपाउँदा मन्त्रालयहरू मन्त्रीविहीन रहेका छन् ।

यसैबिच बिहीबार सिंहदरबार परिसरमा एक पत्रकारले प्रधानमन्त्री कार्कीलाई मन्त्रिपरिषद विस्तारको विषयमा जिज्ञासा राख्दा उनले झर्को मानेकी छिन् । ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले नरोकिई जवाफ फर्काइन्–  ‘मन्त्रिपरिषद् विस्तार भ’को भई छ’ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

त्यसपछि दोस्रो पटक ६ असोजमा उनले ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । प्रधानमन्त्री कार्की स्वयमले ९ वटा मन्त्रालय सम्हाली रहेकी छन् ।