४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

विश्वप्रकाशले फेसबुकमा सम्मान गरे, आश्चर्यमा परे देउवा !

विश्वप्रकाशले फेसबुकमा सम्मान गरे, आश्चर्यमा परे देउवा !
अ+ अ-

काठमाठौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको यो स्टाटसको आजकल व्यापक चर्चा छ । आफ्ना पार्टी सभापति शेरबहादुर देउवाको विषयमा उनले आफ्नो फेसबुक वालमा लेखेको यो स्टाटसको धेरैले चर्चा गरेका हुन् । मानिसहरु गाइँगुईँ गर्दैछन्, यसरी आफ्ना सभापतिका बारेमा कांग्रेसका महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले यस्तो प्रशंसा कहिल्यै गरेका थिएनन् ।

समाचार स्रोत भन्छ, अझ ठूलो चर्चा त कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छ आजकल । किनभने देउवा परिवारले अहिलेसम्म विश्वप्रकाशको सकारात्मक सन्देश अहिलेसम्म पढ्न पाएको थिएन रे ।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेस पार्टीभित्र ट्वीटे नेता भनेर चिन्ने गर्दछन् । पार्टीका नेताहरुमा सबैभन्दा बढी सामाजिक सञ्जालमा लेख्ने, रमाउने नेता यी दुई हुन् । उनीहरुका फलोअर पनि छन् र कुनै न कुनै तर्क या विचारले आफ्ना फलोअर तथा पार्टीका नेता कार्यकर्ताहरुलाई अड्याइराख्ने पनि गर्दछन् ।

तर उनीहरुले पार्टी नेतृत्वका बारेमा भने जहिल्यै आलोचना गर्ने गर्दथे । सभापति देउवाका बारेमा उनीहरुले जहिले पनि आलोचना र विरोध गर्ने गर्दथे । बजारमा खपत हुने खालका अभिव्यक्ति राख्थे र बुढा पुराना नेताहरु अब समाजले पचाउन सक्दैन भनेर तर्क गर्ने गर्दथे ।

देउवाले बडो शान्त र सौहार्द रुपमा पदत्याग गरेको घोषण गरे । सभापति देउवाले कार्यबाहक अध्यक्ष पद उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे । देउवाले सो पद हस्तान्तरण गरिरहँदा र आफ्ना धारणहरु राखिरहँदा पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको केन्द्रीय कार्यालय स्थलमा मात्र होइन कि सामाजिक सञ्जालभरि नै सकारात्मक सन्देश प्रसार भयो ।

आज पनि सामाजिक सञ्जालमा मानिसहरु लेखिरहेका छन्— प्रजातान्त्रिक संस्कार र व्यवहार भनेको यस्तो हुन्छ । आफैँले कुटपिट र दुर्व्यवहार सहेर पनि कांग्रेस जस्तो ठूलो पार्टीका सभापतिले दिएको यो अभिव्यक्ति बडो सान्दर्भिक र सम्मानित छ ।

यस्तै विचार महामन्त्री गगन थापाले पनि सभापति देउवाले ठूलो त्याग गरेको भनेर भाषण नै गरे । त्यसलाई पछ्याउँदै बुधबार विश्वप्रकाशले देउवाप्रति सम्मानभाव प्रकट गरेको अभिव्यक्ति दिए ।

हिजोका दिनमा आफ्नै पार्टी नेतृत्वका बारेमा कहिल्यै पनि निकटस्थहरुका बारेमा उनीहरु कहिल्यै सकारात्मक सन्देश दिने गरेका थिएनन् ।

तुलनात्मक रुपमा थापाभन्दा शर्मा देउवाप्रति बढी आलोचक थिए । किनभने थापा यस अघिल्लो सरकारमा सरकार सञ्चालनको संयन्त्रमा पनि थिए, यसैले आलोचना त गर्थे तर बडो बचेर । त्यसैले पनि हिजो शर्माले दिएको यो अभिव्यक्तिप्रति देउवा र उनका निकटस्थहरु अचम्ममा परेका छन् ।

हिजोको केन्द्रीय समितिको बैठकमा पनि नेपालमा सामाजिक सञ्जाल मार्फत् निराशाको र नकारात्मकताको खेती बढी नै गरिएको विषयमा चर्चा भएको थियो । त्यसको तिर दुई महामन्त्रीद्वयप्रति पनि थियो ।

केन्द्रीय सदस्यहरुले कानेखुसी गर्दै भनेका थिए— सामाजिक सञ्जालमा यो भएन, त्यो भएन भनेर निराशाको बीउ छर्ने काममा यी दुई ट्वीटे महामन्त्रीको पनि हात छ ।