१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गर्नुभएको छ ।

अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताउनुभएको हो ।

बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताउनु भयो । जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताउनु भयो । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाउनु भयो । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा सबै दलहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्नुभएको छ । संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो । संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो । यसको संवैधानिक परीक्षण सम्बन्धित सर्वोच्च अदालतले गर्नेछ । जेन जीका राम्रा विषयहरु पनि छन् । त्यो पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो । संसद पुनःस्थापना गरिनु आवश्यक छ । देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ ।  संवैधानिक लिकमा ल्याउन निर्वाचन र संस्द पुनःस्थापना नै हो । निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य छैन । गृहमन्त्री आज आफैँ दलका नेताहरुलाई धम्क्याउँदै हिँड्नुभएको छ । गृह प्रशासन त्यही ढंगबाट चलाउँदै हुनुहुन्छ । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन सकेको छैन ।’

उहाँले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताउनु भयो । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाउनुभएको बताउनु भयो । भयरहित स्थिति बन्ने अवथा नरहेको बताउनु भयो । फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागि परेको जिकिर गर्नुभयो ।