२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस नेता भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताउनु भयो ।

उहाँले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताउनु भयो । उहाँकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुप¥यो, यो देशका जनताका बारेमा सोच्नुप¥यो । त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुप¥यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रिय समितिको बैठक शुरु गर्छौं । बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौं । अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको विचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ । नेपाली काँग्रेस अरु पार्टी जस्तो होइन नि स्वयं सभापतिज्युले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वाभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’

नेपाली काँग्रेसले अन्य राजनीतिक दलहरु र जेन—जी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले  समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताउनु भयो ।