१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास अभावको समस्या व्यवस्थापन, बजार सामान्य



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ ।

ग्यास सहज भएको छ । ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ ।

कलडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ । पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन् । माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन ।

लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।