५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप
अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।

ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिनुभएको छ ।

आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धमकीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”

राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाउनुभएको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।

दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।

गत बिहीबार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेको थियो । त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै चीनले ‘अत्यधिक शत्रुतापूर्ण’ व्यवहार गरेको र ‘विश्वलाई बन्धक बनाउन खोजेको’ आरोप लगाउनुभयो ।

अमेरिकी नेताले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा राष्ट्रपति सीसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की पनि दिनुभएको छ । जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै नेताबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुने अनुमान गरिएको थियो ।

केही महिनाअघि बेइजिङ र वासिङ्टनबीच व्यापार युद्धको असहज युद्धविराममा सहमति भएको थियो । यद्यपि पछिल्ला घटनाक्रमले तनाव पुनः बढाएको छ ।

गत शुक्रबार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो । चीनले यो कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताउँदै उक्त शुल्कले ‘चीनको हितलाई गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।

अमेरिकाले गत अप्रिलमा आफ्नै जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले ती शुल्कहरू घोषणा गरेको थियो । यो उद्योगमा चीन र अन्य एसियाली मुलुकहरूको दशकौँ लामो प्रभुत्व रहेको मानिन्छ ।