कैलाली । भारतबाट फर्केका कैलाली, कञ्चनपुरका दुईजनामा शनिबार कोरोना संक्रमणको पुष्टि भयो । देशभर नौजना संक्रमित भेटिँदा सुदूरपश्चिममा मात्रै संक्रमितको संख्या चार छ । पछिल्लो एक महिनाको अवधिमा भारतबाट सुदूरपश्चिममा डेढ लाख भित्रिएका छन् । उनीहरूसँगै गाउँगाउँमा कोरोनाको संक्रमण पुगेको हुन सक्ने धेरैको अनुमान छ ।

भारतबाट फर्कनेको संख्या ठूलो रहेकाले विज्ञहरूले पनि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको औँल्याएका छन् । तर, यहाँ न द्रुत रूपमा शंकास्पद बिरामीको परीक्षण हुन सकेको छ, न संकट आएपछि सामना गर्ने पर्याप्त पूर्वतयारी नै छ । व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा राखिएकाहरूनजिक पनि जान सकेका छैनन् ।यहाँ हालसम्म एक सय ७० जनाको मात्रै नमुना परीक्षण भएको छ ।

योमध्ये प्रदेश सरकारले कोरोना उपचार विशेष अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ४९ जनाको नमुना जाँच गरिएको छ । सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको ल्याबमा पनि परीक्षण सुस्त छ । दैनिक चार–पाँचवटा नमुना मात्र जाँच भइरहेको सेतीको आकस्मिक विभाग प्रमुख डा। जगदीशप्रसाद जोशीले बताए । सरकारले कैलाली, कञ्चनपुरमा र्यापिड टेस्ट गर्ने भनेको छ, तर भारतबाट फर्कनेको संख्या पहाडी जिल्लाहरूमा बढी छ ।
प्रदेशमा चिकित्सकीय जनशक्ति र औषधिउपकरण तथा सामग्रीको पनि अभाव छ । कोरोना संक्रमण फैलिएमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा नौ मात्र छ । यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स एक सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत भूषण ले जानकारी दिए ।
विश्वभर महामारीको रूप लिएको कोरोनाको संक्रमण फैलिएमा यहाँ जोखिमसँग जुध्ने यो जनशक्ति कम हुने चिकित्सक बताउँछन् । सेती प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंह सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनशक्ति अहिले नै थप गर्नुपर्ने बताउँछन् । कोरोना संक्रमण फैलिएमा त्यसलाई रोक्न र बिरामीको उपचारमा खटिने स्वास्थ्य संस्थाको सामथ्र्य नरहेको उनले बताए ।
एकैदिन तीनजनामा संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले कोरोनाको उपचारमा खटिने दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउन संघीय सरकारलाई गुहारेको छ । सम्भावित संक्रमणलाई ध्यानमा राखेर थप जनशक्ति माग गरिएको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।
धनगढीको ल्याबमा चार दिनमा १८ जनाको मात्रै परीक्षण
कोरोना जाँचका लागि धनगढीमा स्थापना गरिएको प्रयोगशालाबाट साढे चार दिनको अवधिमा १८ वटा नमुना मात्रै जाँच गरिएको छ । कोरोनाको नमुना परीक्षणलाई बढाउन भनेर स्थापना गरिएको प्रयोगशालामा जाँच सुस्त भएपछि संकलित नमुना अहिले पनि काठमाडौं पठाउने गरिएको छ ।
सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा गत बिहीबार बेलुकीबाट नमुना जाँच सुरु गरिएको थियो । सोमबार बेलुकीसम्म १८ जनाको नमुना जाँच गरिएको सेती प्रादेशिक अस्पतालका ल्याब प्रमुख रमेश शाहीले जानकारी दिए । सोमबार ६ वटा नमुना जाँच गरिएको छ । एउटा नमुनाको रिपोर्ट आउन एक घन्टा दश मिनेट लाग्ने गरेको शाहीले बताए ।
नमुना जाँचका लागि चारजनाको टोली परिचालन गरिएको छ । प्रयोगशालामा जडान गरिएको उपकरणमा एकपटकमा एउटा मात्रै नमुना जाँच हुने गरेको छ । प्रयोगशालाको क्षमता न्यून भएपछि संकलित नमुना काठमाडौं पठाउने गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयको कोरोना फोकल पर्सन नरेन्द्र कार्कीले बताए । एक दिनमा धेरै नमुना जाँच गर्ने उपकरण ल्याउन पहल भइरहेको उनले बताए ।
सोमबार मात्र ५६ वटा नमुना जाँचका लागि काठमाडौं पठाइएको मन्त्रालयले जनाएको छ । यीमध्ये १७ वटा कञ्चनपुर र बाँकी कैलालीका शंकास्पद बिरामीबाट संकलन गरिएको हो । हालसम्म सुदूरपश्चिमबाट २२३ वटा नमुना संकलन गरी जाँचका लागि पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् । यीमध्ये चारजना संक्रमित देखिएका छन् भने १६७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
नेपाली सेनाको स्काई ट्रकबाट चार दिनअघि काठमाडौं पठाइएका ९२ वटा नमुनामध्ये ८८ वटाको रिपोर्ट नेगेटिभ आएको छ । चारजनाको भने रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । देशभर देखिएका नौजना कोरोना संक्रमितमध्ये चारजना सुदूरपश्चिमका हुन् ।
भारतबाट आउनेको संख्या ठूलो रहेकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । तर, यहाँ शंकास्पद नमुनाको जाँच भने निकै सुस्त रहेको छ । सुदूरपश्चिम उच्च जोखिममा रहेकाले एकपटकमा धेरै नमुना जाँच गर्ने उपकरण ल्याउनुपर्ने माग यहाँका स्थानीयले गरेका छन् ।
यस्तै, कैलाली, कञ्चनपुरमा कोरोना भाइरसको दु्रत परीक्षणका लागि संघीय सरकारले खटाएको टोली धनगढी आइपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यहीँका स्वास्थ्यकर्मीसमेत परिचालन गरेर टोलीले मंगलबारबाट काम थाल्ने बताइएको छ । ५६ बालबालिका र एक सय ६३ महिलासहित प्रदेशभर अहिले दुई हजार तीन सय ६१ जनालाई विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइसियू र भेन्टिलेटर छैनन्
करिब ३० लाख जनसंख्या रहेको अनुमान गरिएको सुदूरपश्चिममा संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालहरूमा आइसियू र भेन्टिलेटर पर्याप्त छैनन् । प्रदेशका नौमध्ये पाँच जिल्लाका अस्पतालमा आइसियू र भेन्टिलेटरको सुविधा छैन । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आइसियू र १० वटा भेन्टिलेटर रहेको निर्देशनालयका मेडिकल अधिकृतले बताए ।
उनका अनुसार यीमध्ये सरकारी अस्पतालमा नौ आइसियू र चार भेन्टिलेटर छन् । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ । तर, सेतीमा पाँच बेड आइसियू र एउटा भेन्टिलेटर मात्र छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सेतीमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् ।
संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नहुने चिकित्सकहरू बताउँछन् । अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आइसियू र आइसोलेसन वार्डहरू थपिनुपर्ने डा. जोशीले बताए ।
यस्तै, महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र मायामेट्रो पाँच–पाँच तथा निसर्गमा ६ बेडको आइसियू छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेका मेडिकल अधिकृतले जानकारी दिए । बाँकी ६ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेका उनले बताए ।
डा. सिंहले ३० लाख जनसंख्या भएको ठाउँमा २५ वटा आइसियू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिराजस्तै भएको बताए । ‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको कल्पना पनि गर्न सकिन्न,’ उनले भने, ‘तर पूर्वतयारी नै भएको देखिँदैन ।’
भारतबाट आएका हजारौँको संख्यामा रहेका सुदूरका पहाडी जिल्लामा पनि तत्काल र्यापिड टेस्ट थाल्नुपर्ने उनको सुझाब छ । भारतबाट फर्केकाहरूलाई क्वारेन्टाइनमा नराखी सीधै घर पठाउँदा सरकार चुकेको डा. सिंहले बताए । कोरोना संक्रमण फैलिएमा त्यसलाई रोक्न स्वास्थ्य संस्थाको सामथ्र्य न्यून रहेकाले संक्रमण फैलन नदिन लकडाउनकोे पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले संक्रमणको वेला व्यवस्थापन र कर्मचारी खटनपटन गर्ने मन्त्रालय र निर्देशनालयमै कर्मचारी अभाव रहेको बताए । प्रदेशमा जनशक्ति र उपकरणको अभाव भए पनि कोरोना संक्रमितको उपचारमा उपकरण, व्यक्तिगत सुरक्षा सामग्री आदिको अभाव हुन नदिने उनले दाबी गरेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।