६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड



अ+ अ-

धनुषा। प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

महात्मागान्धीको जन्मजयन्तीका अवसरमा अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद् भारतद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले महात्मागान्धीको जीवनदर्शन, सत्य, अहिंसा र सिद्धान्तलाई स्मरण गर्दै गान्धीजी केवल भारतका लागि होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाका स्रोतका रूपमा रहेका धारणा राख्नुभयो । उहाँले प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न गान्धीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

मधेश प्रदेशसभाका सदस्य रामअशिष यादवले गान्धीजीलाई ‘विचारका महामानव’ भन्दै आजका युवाहरूले उहाँको जीवनबाट प्रेरणा लिएर समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद्का अध्यक्ष प्राडा शङ्करकुमार सन्यालले गान्धीजीले आफ्नो जीवनमा प्राकृतिक चिकित्सा पद्दति आत्मसात् गर्नुका साथै यसको प्रचारप्रसार पनि गर्नुभएको बताउनुभयो ।

नेपाल–भारत मानव विकास तथा मैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले गान्धीजीका विचारलाई नेपालको समृद्धि र सामाजिक परिवर्तनको मार्गदर्शकका रूपमा अङ्गालिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य, अहिंसा र आत्मनिर्भरताको मार्ग नेपाल–भारत सम्बन्धको गहिराइको आधार बन्दै गएको छ ।

मानव विकासको मूलमन्त्र भनेको नैतिक मूल्य र प्राकृतिक जीवनशैली हो ।” भुसालले नेपाल–भारतको सम्बन्ध सांस्कृतिक, आध्यात्मिक र जनस्तरमा आधारित गहिरो मित्रताका रूपमा भएको धारणा राख्नुभयो ।

पार्वती विद्यापीठका अध्यक्ष प्राडा नरेन्द्रप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक केन्द्रका रूपमा वर्णन गर्दै गान्धीजीका विचार यहाँबाट सम्पूर्ण नेपालभर फैलाउन सकिने बताउनुभयो । भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक एकता रहेको बताउँदै उहाँले यसले चिकित्सा क्षेत्रमा सहकार्य झल्किनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट दुई सय २० जना प्रतिनिधिको सहभागिता थियो । यस अवसरमा सांस्कृतिक प्रस्तुति, गान्धीजीका विचारमा आधारित प्रदर्शनी तथा प्राकृतिक चिकित्सासम्बन्धी व्याख्यान पनि आयोजित गरिएको थियो ।

कार्यक्रममा डा आरएस डवास, डा प्रदीप टाकू, मोक्षिता साध्वीलगायतको उपस्थिति थियो । स्थानीय नागरिक, विद्यार्थी, चिकित्सक, समाजसेवी तथा विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ । रासस