२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बमद्वारा राजनीतिक दलहरुलाई अपिलः अब चुनावमै लागौं



अ+ अ-

काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागिता जनाउन बलियो अपिल गरेकी छन् ।

इतिहासले अहिलेका राजनीतिक दलहरूलाई गम्भीर मोडमा उभ्याएको भन्दै उनले समस्याको समाधानका लागि निर्वाचनलाई मात्रै वास्तविक विकल्प भनेकी छन् ।

बमले अपिलमा भनिन्, “अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली नै हो। आजको आवश्यकता यस विद्रोहको सत्यलाई संस्थागत रूप दिने विवेकको हो।”

उनले राजनीतिक दलहरूलाई दुई विकल्प अघि राखेकी छन् । उनले भनेकी छन् — “या त जनताको विश्वास पुनः आर्जन गर्ने साहस देखाउनुहोस्, या फेरि इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।”

उनले थपिन् कि नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको छ र यो समय पाखा पल्टिने नभएर मार्ग तय गर्ने समय हो ।

रक्षा बमले भनिन्, “यही प्रक्रिया हाम्रो लोकतान्त्रिक निरन्तरताको आधार हो। यही बाटो विद्रोहको औचित्यलाई संस्थागत बनाउने माध्यम हो। अव चुनावमा जानु राष्ट्रको साझा राजनीतिक जिम्मेवारी हो र इतिहाससँगको हाम्रो प्रतिवद्धताको निर्णायक परीक्षा हो ।”

जेनजी समूहले परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने ऐतिहासिक घडीमा सम्पूर्ण राजनीतिक दल, राजनीतिक शक्ति, नागरिक समाज, जेनजी, युवा पुस्ता तथा सम्पूर्ण नेपाली नागरिकहरूमा निर्वाचनमा सक्रिय रूपमा लाग्न अपिल गरेको छ ।