२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांक कोइरालाको देउवालाई दबाबः तत्काल कार्यवाहक सभापति तोक्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रिय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिनुभयो ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले मंसीरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस । एक जनालाई कार्यबहाक सभापति दिनुस । उनले गठन गर्दछन । र उनले मिति तय गर्दछन । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

नेता कोईरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताउनु भयो ।