२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शितल निवासअगाडि जेन–जी युवाको नाराबाजी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो ।

राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् ।

नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शितल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । जेन—जी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेन—जी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताउनु भयो ।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफैँ सक्रिय हुनुभएको छ ।

राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । राजनितिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको थियो । तर शनिवारको छलफललाई सोमवारसम्मको लागी सारिएको छ ।