६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आज काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा  विभिन्न छ वटा निर्णय गरेको काउन्सिलले जनाएको छ ।

कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको ठहर बैठकले गरेको छ । बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आचारसंहिता अनुगमनलाई थप चुस्तदुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई ‘फोकल पर्सन’ तोक्ने र उजुरी तथा गुनासा सुन्ने व्यवस्था गरेको छ । फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई तोकिएको छ ।

त्यसैगरी सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ ।

गत भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने पनि काउन्सिलले निर्णय गरेको छ । जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने जनाइएको छ ।रासस