४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अन्तरिम सरकार मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छः एमाले

अन्तरिम सरकार मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छः एमाले
अ+ अ-

काठमाडौँ: नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।

शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताउनु भयो । पार्टीले छिटै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताउनु भयो ।

पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भएपनि वर्तमान सरकारले त्यसो नगरेको बताउनु भयो । सरकार दलहरुलाई साथ लिने नभइ निषेधको बाटोमा गएको बताउनु भयो । सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको बताउनु भयो । प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने र शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरुलाई रोक लगाएकोप्रति एमाले गम्भीर रहेको बताउनु भयो । नेताहरुलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको बताउनु भयो ।

बैठक शनिवार बिहान ११ बजेबाट पुनः शुरु हुने बताउनु भयो । बैठकमा जेन जी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताउनु भयो । उहाँले भदौ २३ गते जेन जी युवाहरुले राखेका आवाजहरु स्वभाविक रहेको र शान्तिपूर्ण आन्दोलन गर्ने र सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दबाब सिर्जना गर्ने भनेर आन्दोलन गरिएको बताउनु भयो । तर शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि यो घटना भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल