४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक समृद्धिको मूल आधार पर्यटनः पर्यटन सचिव



अ+ अ-

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घको ३५औँ वार्षिक साधारणसभामा उहाँले वर्तमान सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

सचिव मैनालीले नेपाल पर्वतारोहणको दृष्टिकोणले असाध्यै सम्भावनायुक्त मुलुक रहेकाले विश्वभर प्रवर्द्धन गरेमा मुलुकले यथोचित लाभ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।”

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले अथाह पर्यटकीय सम्भावनायुक्त नेपालको पर्वतारोहण क्षेत्रको विकास र प्रवर्द्धनका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै हिमाली पर्यटन र सभ्यताको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा पर्यटन क्षेत्रका अगुवा संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।रासस