२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघले भोलि र्‍याली निकाल्न नपाउने, प्रशासनले लगायो रोक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि आयोजना गर्न लागेको मोटरसाइकल र्‍यालीमा प्रशासनले रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार सूचना जारी गर्दै शनिबारका दिन फरक–फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने जानकारी आएको बताउँदै यस्ता कार्यक्रमले सुरक्षा चुनौती बढाउन सक्ने भन्दै रोक लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रशासनले गत भदौ २३ गतेको जेनजी आन्दोलनपछिका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको घटनालाई स्मरण गर्दै त्यस्ता अवस्थाको पुनरावृत्ति हुन नदिन प्रतिबन्ध आवश्यक भएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलता उत्पन्न हुन सक्ने भएकाले यस कार्यालयबाट र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता कुनै पनि कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) र प्रहरी ऐन, २०१२ को दफा १९ बमोजिम उक्त सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।