२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोट: नेपाल भियतनामसँग पराजित



अ+ अ-

काठमाडौं। एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ ।

मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ गोलको हार बेहोरेको थियो ।

भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक÷एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७ औं मिनेटमै सनिशले गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भियतनामले दुई गोल गर्यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।