१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए।

बैठक बोलाइएको स्थान भने उनले खुलाउन चाहेनन् । २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने ती पदाधिकारीले जानकारी गराए ।

दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) देउवा र उनको पत्नि आरजु राणा देउवा माथि कुटपिट भएको थियो । सेनाको सुरक्षामा देउवा दम्पत्तिले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पत्ति बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।