२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले भने- किन चाहियो अलग्गै संयन्त्र ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारभन्दा बाहिरको कुनै पनि संयन्त्र आवश्य नरहेको बताएका छन् । केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको नियन्त्रणका लागि एक सर्वदलीय उच्चस्तरीय संयन्त्र आवश्यक रहेको कुरा सार्वजनिक गरेका थिए । तर पनि अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै पनि संयन्त्र आवश्यक नभएको आज प्रधानमन्त्रीले बताएका छन्। उनले प्रचण्डको सो प्रस्तावको ठाडै विरोध गर्दै भने, अहिलेको अवस्थामा सरकारकै राम्रो काम गरिरहेको छ, किन अर्काे संयन्त्र चाहियो ?

शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको भन्दै सरकार भन्दा अलग्गै अर्काे कुनै पनि संयन्त्र आवश्यक नरहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने बताएका थिए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो संयन्त्र चाहिने प्रचण्डको तर्क थियो।
तर कतिपयले यसलाई प्रचण्ड आफैले यसको नेतृत्व गर्नेगरी अर्काे संयन्त्रको माग गरिरहेका पनि बताएका छन् । यसका साथै, प्रधानमन्त्रीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासबारे छलफल भएको थियो।
प्रचण्डले सो संयन्त्रको माग गरेपछि त्यसको विरोधमा सबैभन्दा पहिला ७० करोड रुपैयाँ घुस मागेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएर बसेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले विरोध गरेका थिए । उनले सरकारले के नराम्रो काम गर्यो अथवा अर्काे संयन्त्रको खाँचो किन पर्यो भनेर प्रचण्डमाथि नै जाइलागेका थिए ।