३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

जब बबीको खुट्टा भाँचिएको थियो सन्नीले उनलाई काँधमा बोके…

जब बबीको खुट्टा भाँचिएको थियो सन्नीले उनलाई काँधमा बोके…
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता बबी देओल आफ्नो ठूलो दाजु सनी देओललाई धेरै सम्मान र माया गर्छन् । बबीका लागि सनी केवल दाजु मात्र होइनन्, उनी उनका दोश्रो बुबाजस्तै पनि हुन् ।

हालै बबीले रेडियो नशालाई दिएको अन्तर्वार्तामा आफ्नो करियरको सुरुवाती दिनहरूको एउटा घटना स्मरण गरे ।

उनले भने, आफ्नो पहिलो फिल्म ‘बरसात’ को छायांकनको क्रममा उनलाई खुट्टामा गम्भीर चोट लागेको थियो र चोट लागेपछि उनका दाजु सनीले उनलाई आफ्नै काँधमा बोकेका थिए ।

बबीले अन्तर्वार्तामा भने, “मलाई अझै पनि याद छ, इङ्ल्यान्डमा सुटिङ भइरहेको बेला मेरो खुट्टा भाँचिएको थियो । म घोडामा सवार थिएँ, अर्को घोडा आएर मेरो घोडासँग ठोक्कियो । म सन्तुलन गुमाएँ र भुइँमा खसेँ । मैले देखेँ मेरो खुट्टा पूरै टेढो भएको थियो । म उभिन खोज्दा फेरि लडेँ । त्यतिबेला मेरा दाजु सनी त्यहीँ हुनुहुन्थ्यो । उहाँले मलाई काँधमा बोकेर लग्नुभयो ।’ त्यसपछि लण्डनको अस्पतालमा गएर खुट्टाको शल्यक्रिया गराइएको थियो ।

बबीले थपे, “भैयाले मलाई नजिकैको एउटा सानो अस्पताल लगे, त्यसपछि मलाई रातारात एयरलिफ्ट गरेर लण्डन सिटीको अस्पतालमा पुर्‍याइयो, जहाँ मेरो सर्जरी भयो । पछि मात्र मलाई थाहा भयो कि एयरलिफ्ट गर्नुको कारण त्यहाँ (सानो अस्पताल) का डाक्टरहरूले भनेका रहेछन् कि मेरो खुट्टा त्यहाँ बचाउन सकिँदैन ।”

बबीले यो पनि बताए कि अझै पनि उनको खुट्टामा रड र स्क्रू छन् । उनले भने, “यो चोट लागेको ३० वर्षभन्दा बढी भइसकेको छ । अझै पनि मेरो खुट्टामा रड र स्क्रू छन्, जसका कारण दुखाइ हुन्छ । म यो दुखाइमा बानी परिसकेको छु, तर समयमा सर्जरी भएको कारण अहिले म सजिलै हिंड्न सक्छु, दौडन सक्छु, नाच्न सक्छु, उफ्रन सक्छु र एक्शन सीन पनि गर्न सक्छु । यो सबै मेरो दाजुका कारण सम्भव भएको हो, अनि मलाई अरू के चाहिन्छ र ?”