काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ ।
नेपाली सेनाका रथी विष्णुकुमार खड्काले यसबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपाली सेनाले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको बताउनु भयो ।
२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको बताउनु भयो । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिनुभयो । ज्येष्ठ अधिकृतहरुबाट समन्वय सरल बनाउन खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मौसम पूर्वानुमान गर्दा अत्याधिक वर्षा हुने भनेसँगै हामीले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेका थियौँ । २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्था थियो । हवाई साधनहरुको हकमा उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एउटा एउटा हेलिकप्टर अग्रिम तैनाथ गरेको अवस्था थियो । समन्वय आदिको लागि ज्येष्ठ अधिकृतहरुबाट खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरेका छौँ । ’
उहाँले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताउनु भयो ।










