२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुराको घरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार छापा मारेको छ ।

देउवाका साला भूषण राणा र उनका बुवाआमा बस्ने ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा प्रहरीको टोलीले छापा मारेको हो । भूषण निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।

प्रहरी स्रोतका अनुसार शंकास्पद नगद वा अन्य कागजात रहेको सूचनाका आधारमा छापा मारिएको हो । तर, खनतलासीका क्रममा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको सीआईबी अधिकारीहरूले जनाएका छन् ।

छापा मार्ने क्रममा भूषण घरमा थिएनन् भने उनका बुवाआमा भने घरमै थिए । प्रहरीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का उठाएको थियो ।

सीआईबीका एक अधिकारीले भने, “भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँका बुवाआमाको घरमा पनि केही भेटिएन ।”