२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना



अ+ अ-

गुल्मी। कालीगण्डकी करिडोर सडक र मदन भण्डारी राजमार्गको सङ्गमस्थल, गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले पाल्पा र गुल्मीका दुईवटा मुख्य सडकको सङ्गमस्थल रिडीमा सुरक्षा पोस्ट स्थापना गरिएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेटअन्तर्गत उक्त अस्थायी पोस्ट निर्माण गरिएको हो । आज जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले एक कार्यक्रमबीच नवनिर्मित प्रहरी पोस्टको उद्घाटन गर्नुभयो ।

त्यस क्रममा उहाँले अपराध न्यूनीकरण, शान्तिसुरक्षा प्रवर्द्धन र नागरिक–प्रहरीबीचको एकता  तथा सहकार्यलाई सुदृढ गर्न अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा रूरूक्षेत्र गाउँपालिका‐१ का वडाध्यक्ष नवराज बिकले धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रिडी र आसपास सुरक्षाका लागि प्रहरी पोस्ट स्थापनाको माग गरेअनुसार काम भएको बताउनुभयो ।