८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी
अ अ+ अ-

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको हो ।

करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीका २१० परिवार उपभोक्ता छन् । दुवै वन एउटै क्षेत्रभित्र पर्ने भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउने उद्देश्यले रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । यसको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।

“एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ”, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीले भन्नुभयो, “वन संरक्षणमा यहाँका महिलाले देखाउनुभएको अग्रसरता अनुकरणीय छ ।” वनमा चरीचरणपूर्ण बन्द गरिएपछि एक-दुई वर्षको अन्तरालमा सालका पथरा हलक्क बढेका उहाँले बताउनुभयो । उहाँका अनुसार वनमा बहुमूल्य मानिने साल (साखु, सखुवा) करिब ४० प्रतिशतभन्दा बढी छन् ।

अहिलेको कालीदमार वनक्षेत्रमा कालापानी उद्यान ९पार्क० पनि निर्माण गरिएको छ । बिपी राजमार्गको दायाँ-बायाँ पर्ने यो संरक्षित वनक्षेत्रमा अहिले मयुर र लुइँचेपक्षी बाक्लै बढेका छन् । यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या पनि बढेको रायमाझीले जानकारी दिनुभयो । कालापानी उद्यानको संरक्षित वनक्षेत्रका हरिण मान्छेसँग खेल्ने गरेका उहाँको भनाइ छ । “यो वनक्षेत्रमा नयाँ चराचुरुङ्गी बढेका छन्”, उहाँले भन्नुभयो ।

वन क्षेत्रको संरक्षणमा घरघरका महिलाले प्रत्यक्ष सहभागिता जनाउन थालेपछि सकारात्मक नतिजा आउन थालेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठले बताउनुभयो ।

“वन संरक्षणको क्षेत्रमा हामी महिला प्रत्यक्ष रूपमा सहभागी भई पहरेदारी गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यो सामूहिक प्रयत्नले अहिले वन जोगिनुका साथै बढेको पनि छ ।” वन संरक्षणका लागि दुवैका उपभोक्ता समितिबीच आपसी समन्वय र सहकार्य हुने गरेको श्रेष्ठले बताउनुभयो ।

अहिले वन संरक्षणमा महिलाको चासो बढ्दा सकारात्मक परिणाम देखिएका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख एवं वरिष्ठ वन अधिकृत अजय मिश्रले बताउनुभयो । उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको चिरिविर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ ।

“नाम नजानिएका थरिथरिका चराचुङ्गी देखिन थालेका छन्, उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मानिस छिर्न नमिल्ने बनाइएकाले अवैद चोरीसिकारी रोकिएको रहेछ”, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले भन्नुभयो, “वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना देखिन्छ ।”

स्थानीय नागरिकको प्रयत्न, स्थानीय निकाय, सरोकार भएका निकायको पहलमा पूर्वाधार विकासमा जोड दिन सके यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने कार्कीले धारणा राख्नुभयो ।

महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्त्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

“यहाँ महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरादेवी शक्तिपीठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलालगायत फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पहाडी थुम्का छन्”, बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हीरालाल गौतमले भन्नुभयो ।

प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके आर्थिक समृद्धि प्राप्त गर्न समस्या नहुने उहाँको भनाइ छ । यसका लागि तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्नेमा उहाँले जोड दिनुभयो । रासस