१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

के पूर्वराजा नारायणहिटी फर्कन नमानेकै हुन् ?

के पूर्वराजा नारायणहिटी फर्कन नमानेकै हुन् ?
फाईल फोटो
अ अ+ अ-

काठमाडाैं । जेनजीको आन्दोलनले गरेको सत्तापलटपछि गत भदौ २७ गते प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त हुनुअघि नेपालमा राजा आउने भन्ने विषयको चर्चा उत्कर्षमा थियो ।

प्रधानमन्त्री नियुक्तिको दुई रातअघि त मानिसहरुले हामीले बिहान उठ्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दिमा फर्किएको देख्न सक्नेछौँ भनेर मिडिया, सोसल मिडियामा पनि व्यापक चर्चा गरे । कतिले पूर्वराजा ज्ञानेन्द्रलाई नभई उनका नाती हृदयेन्द्रलाई गद्दिमा राख्ने तयारी भइरहेको पनि बताएका थिए ।

यता यस्तो हल्ला पनि चल्दै थियो भने उता नारायणहिटी राजदरबारको सरसफाई पनि चल्दै थियो । त्यस्तै त्यहाँबाट संग्रहालयको बोर्ड झिकेर राखिएको र रातारात व्यापक मात्रामा सरसफाई गरिएका तस्बिरहरु पनि आइरहेका थिए । त्यसकारण पनि राजा फर्कने समाचारका सत्यताहरुमा थप बल पुगेको पनि थियो ।

तर भएको के हो त ? के आन्दोलनकारी जेनजीहरुले राजा फर्काउने विषयमा सहमित गरेका हुन् ? अर्थात् राजा फर्काउने भनिएको सो वार्तामा को को थिए र उनीहरुले खास के भने भन्ने विषयमा भने स्पष्टसँग कतै आएको छैन ।

बिहीबार पूर्व प्रधानमन्त्री माधव नेपालले एउटा नयाँ सूचना यसै विषयमा सुनाए । उनले भनेको थिए— राजालाई फर्काउने खेल भएको थियो र पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता पनि भएको थियो । तर यही अवस्थामा अर्थात् देशका प्रमुख राजनीतिक दलहरुको सहमति बिना आफू राजगद्दिमा नफर्कने उनले बताएपछि यो एजेण्डा पास हुन नसकेको हो ।

उनको यो अभिव्यक्तिपछि भदौ २७ अघिका दुई रातसम्म चलेको होहल्लाको सत्यता केही हदसम्म पुष्टि हुन्छ । माधव नेपालपछि यो कुरा अन्यत्रबाट पनि आउन थालेकाले पूर्वराजालाई राजगद्दिमा फर्काउन गरिएका ती खेलहरुको पर्दा विस्तारै खोल्दै गएको देखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र निकट एक समाचार स्रोतले पनि यो समाचारको पुष्टि गरेको छ । जेनजीको आन्दोलनपछि सरकार निर्माणका लागि सुरु भएका आन्तरिक खेलहरुमा यो कुराको पनि चर्चा भएको र लगभग राजालाई फर्काउनेसम्म पुगेको स्रोतले बतायो ।

यता जेनजीका तर्फबाट वार्ताका लागि गएका खटिएका व्यक्तिहरु र सेनापतिका तर्फबाट भएका वार्ताहरुमा पनि सो प्रक्रिया अघि बढाउने सहमति भएको थियो । यसमा राष्ट्रपति रामचन्द्र पौडेल भने सहमत थिएनन् । तर पनि राष्ट्रपतिको राजीनामा मागेर यो एजेण्डा अघि बढाउने पनि कुरा भयो । हुनपनि त्यसबेला प्रधानमन्त्री र राष्ट्रपतिले पनि राजीनामा दिएको हल्ला चलेकै थियो ।

वास्तविकता यो हो कि यही अवस्थामा राजा ज्ञानेन्द्र राजगद्दि फर्कन नचाहेकै हो । जेनजी प्रतिनिधि, प्रधानमन्त्री बन्न तयार भएकी सुशिला कार्कीले पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्दि फर्कन अनुरोध गरेकै थिए । तर शाहले भने आफूले अहिलेकै अवस्थामा नजाने, प्रमुख राजनीतिक दलहरुको सहमति बिना फर्कंदा पछि फेरि राजतन्त्रकै विरुद्ध आन्दोलन नहोला भन्ने कुनै सुनिश्चितता नहुने र यो संविधानले राजालाई नचिन्ने भएकाले संविधामा संशोधन गरेर राजसंस्थासम्बन्धी व्यवस्था भएपछि मात्र जाने भन्ने कुरा शाहबाट आएको स्रोतले बतायो ।

राजाको स्थानका बारेमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने र जेनजी सहित सबै राजनीतिक शक्तिहरुसँग सहमतिका आधारमा राजगद्दिमा फर्कने अडान पूर्वराजा ज्ञानेन्द्रले लिएपछि यसपटकको राजा फर्कने प्रक्रिया रोकिएको समाचार स्रोतले बतायो ।

यदि अहिले नै विना कुनै आधार जेनजीहरुको आन्दोलनकै आधारमा राजा फर्कने हो भने यो स्थायित्व नहुने र संवैधानिक र प्रमुख राजनीतिक दलहरुको सहमति र सुनिश्चितता नबन्ने हो भने त्यसपछि हुन सक्ने आन्दोलनले फेरि नेपालमा राजसंस्थाको पुनःस्थापनाको एजेण्डा सधैँका लागि अन्त्य पनि हुनसक्ने आँकलन पूर्वराजा ज्ञानेन्द्रले गरेपछि यो प्रक्रिया रोकिएको समाचार स्रोतको दाबी छ ।

स्रोतका अनुसार यदि यो वातावरण बनेमा एजेण्डा भने अघि बढ्न सक्छ । यस विषयमा पूर्वराजा र उनका मानिसहरु सम्पर्कमै रहेका र कुराकानी पनि भइरहेको छ ।

निर्मल निवास श्रोतका अनुसार नयाँ बर्ष २०८२ का दिन जारी भएको सन्देश नै निकासका लागि उपयुक्त गन्तव्य हो । नयाँ बर्ष २०८२ का अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले धेरै बिषयमा दृष्टिकोण सार्वजनिक गर्नुभएको थियो ।

सन्देशमा पूर्वराजा शाहले जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता रहेको बताउनुभएको थियो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पनि उल्लेख गर्नुभएको थियो । उहाँले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई सकारात्मक रुपमा जनाउनु भएको थियो । उहाँले नयाँ बर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको जनाउनु भएको थियो ।

त्यस बेला जारी सन्देशमा भनिएको छ

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिंदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।

विश्वको बदलिंदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्म निर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ । स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उतपादन गरि स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।

विश्व कै उत्कृष्ट यो भूमीमा, बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र शीपलाई स्वदेश मै उच्च उपयोग गर्नु पर्दछ । युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपाल मै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।

विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढीला गर्नु हुँदैन। आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृंगार्न र विकासको विकुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।

जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरि यीनको आधुनिकरण अनिवार्य भइसकेको छ । युग प्रविधीको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । ‘सूशासन र भ्रष्टाचारमुक्त प्रशासन’ मूल नारा हुनु पर्दछ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा हाम्रो एकबद्धता रहने छ। मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ। यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।

नेपाली नेपाली बिच द्वन्द नहोस् परस्पर अविश्वास र हिंसाको दुस्खद मनोस्थिति नबनोस्, देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्ने तर्फ हामी सदैब सचेत र सम्बेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको यर्थाथलाई हामीले आत्मसाथ गरेका छौं, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपुर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतस् र अस्तित्व हामी आफैले उठाउने हो ।

संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।

आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो संझना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं। नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस् ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !