३१ श्रावण २०८३, आईतवार
,
Latest
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै कुरा हातमा थियो तर पनि गुमायौं: ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले हालैको जेनजी आन्दोलनपछि देशले महत्वपूर्ण राजनीतिक अवसर गुमाएको टिप्पणी गर्नुभएको छ ।

शाहीले उनले सबै कुरा हातमा आएको तर गुमेको जनाउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उहाँले सडकमा आन्दोलन सफल देखिए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्व ले फेरि जित हासिल गरेको दाबी गर्नुभएकाके छ ।

उहाँले लेख्नुभएको छ-

सडकमा युद्ध जित्यौं,

तर राजनीति रुपमा हार्यौ

सबै कुरा हातमा थियो

, तर पनि गुमायौं।।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अब सम्भव छैन आज प्रधानमन्त्रीले घोषणा पनि गरिसक्नुभयो। भदौ २४ गते सडकबाट घोषणा गर्नुपर्ने कुरा GEN Zजीको नाममा वार्ता गर्न गएका तर वास्तविक GEN Z नभएकाले गरेको सम्झौताले राजनीतिक रुपमा देशले हारेको छ। फेरि भ्रष्टाचारी तीन टाउकेहरुले जितेका छन्।।

अब हुने चुनाव सिर्फ सांसदको चुनाव हो (जसरी २०७९ मा गरिएको थियो ) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव होइन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्न १८४ जना सांसदको सहमति दुई तिहाई भएपछि मात्रै संविधान संशोधन गर्न पाइन्छ। जुन कुरा सम्भव नै छैनl