२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ जरुरीः दीपक मल्होत्रा



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेन—जी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ ।

अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गर्नुभयो । सरकारले  पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक रहेको बताउँदै उहाँले अहिलेको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

आर्थिक पत्रकार संघले आज राजधानीमा गरेको कार्यक्रममा मल्होत्राले भन्नुभयो, ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ । दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’

११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएका र नेपालको जनशक्ति घट्दो अवस्थामा रहेको बताउनु भयो । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले  पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको समेत बताउनु भयो  ।