१० श्रावण २०८३, आईतवार
,
Latest
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ वर्षपछि फेरी आयो ‘सिन्धुलीगढी घुमेर हेर्दा’को नयाँ भर्सन



अ+ अ-

काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो ।

कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन् । रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन्  ।

राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए ।

यो आम नेपालीको जिव्रोमा झुन्डिएको लोकप्रिय गीत हो । सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको हो ।

भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिका छ । पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापा पनि भिडियोमा देखिएका छन् ।

बासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ ।

चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ ।