८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मुलुकभर छ राजमार्ग पूर्ण रुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने

मुलुकभर छ राजमार्ग पूर्ण रुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने
अ अ+ अ-

काठमाडौँ । हाल देशभरका छ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो ।

विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिनुभयो । “दसैँमा उपत्यका बाहिरिने तथा उपत्यका भित्रिने सर्वसाधारणलाई सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो ।

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो दुई घण्टा बन्द रहने उहाँले बताउनुभयो । सडक विभागका अनुसार अवरुद्ध भएका राजमार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी रहेका छन् । चिनियाँ भूभागबाट गत साउन १४ गतेको बाढी आएपछि नदीले सडक कटान गरेकाले राजमार्ग अवरुद्ध भएको हो । हाल स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का ९कोशी राजमार्ग० पनि पूर्ण रुपमा अवरुद्ध भएको विभागको भनाइ छ । वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाव बढेका कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको भन्दै विभागले पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने जनाएको छ ।

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रुपमा अवरुद्ध छ । विभागले तमोर नदीमा निर्मित रानीपुल बेली गत साउन ६ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको र रेमिट हाइड्रोबाट पुनः लिब्रिज निर्माणका लागि पहल भइरहेको जनाएको छ ।

चीनबाट आएको ठूलो बाढीका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरणहरू परिचालन गरिएको जनाएको छ ।

विभागका अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) र काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएका छन् । राजमार्ग सुधार भइरहेको विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप बढिरहेको भन्दै सडक सुधारको कार्य छिटो सम्पन्न गरेर उपत्यका बाहिरबाट फर्किने सवारीसाधनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले देशभर चार लाख स्क्वायर मिटर खाल्टाखुल्टी पुर्नपर्ने र दसैँ लक्षित खाल्टाखुल्टी पुरी सडक सुधारको काम भइरहेको जानकारी दिनुभयो । “यातायातको बढी चाप हुने राजमार्गलाई विशेष प्राथमिकता दिएर सडक सुधारको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।