१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।

आइतबार महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, विगत एक वर्षदेखि रोकिएको वितरण प्रक्रिया अब सुरु हुने बताएका हुन्।

महानगरका अनुसार पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पछाडि परेका गाउँपालिकालाई प्राथमिकता दिइएको छ। शाहले भने, “स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो, दुर्गम क्षेत्रमा जीवन बचाउनु हाम्रो कर्तव्य हो। यो सुरुवात मात्र हो, अब कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउनुपर्ने छैन।”