८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दशैँमा खाद्यले खसी,बोका र च्याङ्ग्रा नबेच्ने

दशैँमा खाद्यले खसी,बोका र च्याङ्ग्रा नबेच्ने
अ अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले विक्री नहुने जनाएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेन—जी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी,बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताउनु भयो । देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उहाँको भनाई छ । जेन—जी आन्दोलनपछि पनि खसी,बोका र च्याङ्ग्रा ल्याउन कोशिष गरेको भएपनि नसकेको उहाँले बताउनु भयो ।

हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले लामो समय खसी,बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताउनु भयो । खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताउनु भयो । उहाँले यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मूल्यवृद्धि नगरि सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । यो वर्ष खाद्यले खसीबोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले दशैँतिहारमा हामी खसीबोका र च्याङ्ग्रा ल्याउन नसक्ने अवस्थामा छौँ । यसमा चाहीँ दुई वटा मुख्य कारणहरु रहेका छन् । देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले गर्दा तयारी चरणमा हामीलाई केही असहज अवस्था सिर्जना भयो र यो कति लम्बिन्छ भनेर हामीले पूर्वानुमान गर्न सकेनौँ । त्यसकारण पनि ल्याउन सक्ने अवस्था भएन । अर्को चाहीँ त्यसपछि पनि केही गर्न सकिन्छ की भनेर तयारी गर्न खोजेको खसीबोका र च्याङ्ग्रा चाहीँ जीवित प्राणी हो । त्यो अब लामो समय त्यसै स्टक गाडीमा राख्दाखेरी त्यो मर्ने सम्भावना पनि हुन्छ । र अहिले चाहीँ हामी जहाँबाट खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरिरहेका थियौँ, ती क्षेत्रबाट आउने बाटोहरु चाहीँ अहिले तपाईहरुले पनि सुन्नुभएको छ, ३६ घण्टा बन्द हुने, २०/२२ घण्टा बन्द हुने त्यो अवस्थामा चाँही खसीबोका र च्याङ्ग्रा मरेर झन ठुलो चाहीँ नोक्शानी हुने र त्यसको म्यासेज पनि नराम्रो जाने हुनसक्ने आकलन गरेर चाहीँ व्यवस्थापनले अहिले यो वर्ष चाँही खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय गरेको छ ।’ 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागको विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको बार्षिक कार्यक्रम अनुरुप चाडपर्वको बेलामा खसी बोका र च्याङ्ग्रा विक्रीको लागि सम्पूर्ण तयारी गरिएको भएपनि रोकिएको बताउनु भयो । खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार समेत भइसकेको अवस्थामा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार खाद्य कम्पनीले यस वर्ष अनलाइन प्रणालीमार्फत पनि खसीबोका विक्री गर्ने योजना बनाएको थियो । अनलाईन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उहाँले बताउनु भयो । अनलाइन बुकिङमार्फत करिव ३० वटा अर्डर आएको भएको उहाँले जानकारी दिनुभयो । उहाँले जेनजी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वार्षिक कार्यक्रम अनुरुप नै चाडपर्वको बेलामा विगतका वर्षहरुदेखी हामीले खसी बोका र मुस्ताङदेखी च्याङ्ग्राहरु पनि ल्याएर काठमाडौंको बजारमा विक्री वितरण गरिराखेका हौँ । सोही अनुरुप यो वर्ष पनि हामीले सम्पुर्ण तयारी गरेका थियौँ । अझै यस वर्ष हामीले त्यसको थप तयारीको रुपमा अनलाईन बुकिङ सिष्टमलाई पनि ल्याएका थियौँ । हाम्रो वेवसाईट थ्रू गएर । त्यहाँ हामीले अनलाईन पोर्टल राखेका थियौँ जसमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा कुन समूहको हो, त्यो पनि सेलेक्ट गरेर चाहीँ आफूले डेलिभरी लिने मिति समेत त्यहाँ छुटाउन मिल्ने गरी आफ्नो कम्र्फटमा आइएर लान मिल्नेगरी तयारी गरेका थियौँ । त्यसमा बुकिङ पनि शुरु भईसकेको थियो । तत्पश्चात फेरि विभिन्न कारणहरुले गर्दा सोसल मिडियाहरुमा एक प्रकारको व्याण्डजस्तो पनि भयो । सरकारको अर्कै कारणले गर्दाखरी । त्यसकारणले हामीले यसलाई बुष्ड गर्न पनि पाएनौँ । त्यहीपनि हाम्रो वेबसाईटमा गएर २५/३० वटा बुकिङहरु भइरहेका थिए । अर्को चाहीँ जहाँ हामीले खरिद गर्छौ, ती सम्पुर्ण कार्यलयहरुमा पत्राचार गरेर खरिदको प्रक्रियाहरु बढाउनको लागि हामीले पत्राचार गरेर पत्रहरु पठाइसकेका थियौँ । सम्बन्धित कार्यलयहरुले त्यहाँको स्थानिय तहहरुसँग समन्वय गरेर कुन मोडालिटीमा खरिद गर्ने, स्थानीय तहले कुन प्रकारको सहयोग गर्ने, कुन प्रकारको दायित्व उहाँहरुले बोक्ने, कुन प्रकारको चाहीँ हाम्रो कार्यलयले बोक्ने भन्ने सम्मको सबै कार्यहरुको पत्रचार भइसकेको थियो । यही बीचमा चाहीँ यो जेनजी मुभमेन्ट आयो । त्यसले गर्दा हाम्रो नियमित काममा अवरोध भयो ।’  

कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि, खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण शुरु गरिसकेको छ ।