८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएका होटलहरुमा अहिलेसम्म २५ अर्बको क्षतिको आँकलन

जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएका होटलहरुमा अहिलेसम्म २५ अर्बको क्षतिको आँकलन
अ अ+ अ-

काठमाडौं । माओवादी जनआन्दोलन नेपालको सशस्त्र द्वन्द्व हो । जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच वि.सं. २०५२ साल देखि २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो । उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो ।

अधिकांश रूपमा हजारौँ ग्रामिण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो । विध्वंशकारी द्वन्द्वमा पर्यटन क्षेत्र प्रभावित भएपनि विद्रोही माओवादी र सरकारी पक्षले होटलहरुमाथि आक्रमण भने गरेका थिएनन् । तर गत भदौ २३ र २४ गते सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिवन्धलाई लिएर जेन—जी आन्दोलन भयो । माओवादी द्वन्द्व कारणमा पनि क्षति नपुगेको होटल क्षेत्रमा जेनजी आन्दोलनका क्रममा अर्बौंको क्षति पुगेको छ ।

आखिर होटल, केबलकारमाथि कसले किन आक्रमण ग-यो भन्ने यकिन नभएपनि यसबाट पर्यटन क्षेत्रमा ठूलो असर परेको जानकारहरु बताउँछन् । उनीहरुकाअनुसार जेन—जी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विभिन्न मागहरु राख्दै यसअघि हुने आन्दोलनहरुले यो क्षेत्रमात्रै यति धेरै क्षति नहुने गरेपनि यसपटक भने प्रत्यक्ष रुपमा होटलहरुमा अर्बौंको क्षति हुँदा अन्तर्राष्ट्रिय जगतमै राम्रो सन्देश नगएको नेपाल होटल संघ (हान) को बुझाइ रहेको छ ।  हानका अध्यक्ष विनायक साहले जेन—जी आन्दोलनका कारण हिल्टन होटलसहित २५ अर्ब बराबरको क्षति भएको बताउनुभएको छ । उहाँकाअनुसार अर्बौं लगानी भएका संरचनाहरुमा क्षति पुग्दा समग्र पर्यटन क्षेत्रमा नै धक्का लागेकोे  छ । हिल्टन होटलसहित धेरै होटलहरुमा पर्यटकहरुले नेपाल आउनका लागि बुकिङ गरेको र संरचना नै ध्वस्त भएको जानकारीले उनीहरुमा गहिरोसँग नराम्रो सन्देश गएको शाहले बताउनु भयो । जेन—जीहरुको एजेण्डामा आफूहरु समेत सहमत भएपनि अराजकता र आगजनी र तोडफोड ठिक नभएको उहाँको भनाइ छ ।

हानका अध्यक्ष शाहले भन्नुभयो– ‘२४ गते र २३ गते जुन आन्दोलनको भयो । सुशासन, विकास, भ्रष्टाचारको निर्मूल र  सामाजिक प्लेटफर्महरूलाई फेरि पुनःसञ्चालन गर्ने उद्देश्यले आन्दोलन भयो । जेन्जेको मुभमेन्टमा शान्तिपूर्ण हुन्छ, तोडफोड यताउता केही हुन्न भन्ने थियो तर ठ्याक्कै त्यस्तो हुन सकेन आन्दोलनमा विध्वंश मच्चिनुको पनि विभिन्न कारण होला, त्यसको उच्चस्तरीय आयोगबाटै छानबिन भइहाल्छ होला । जसले अब त्यहाँ आवश्यकताभन्दा बढी बल प्रयोग गरेको छ कि केका लागि त्यो सबै कुराहरू त आउला नै ।  हाम्रो देशको पर्यटन विकासको क्रम हेर्दा पर्यटन, नेपाल आउने पर्यटकहरू, पर्यटनसँग सम्बन्धित यो हाम्रो संस्थाहरू, होटेलहरूलाई यस्तो प्रत्यक्ष हानि, नोक्शानी भएको थिएन । यसपाली पहिलो पटक हो । जनयुद्धमा पनि त्यो १० वर्ष चल्यो, त्यसमा कुनैपनि पर्यटकहरूलाई त्यो जानी–जानिकन हानि, नोक्सानी भएको थिएन । त्यस्तै अब होटेलहरूलाई पनि त्यस्तै क्षति पुग्या थिएन, यसपाली भयो । भइसक्यो त अब, त्यसको के गर्ने भन्ने कुराहरू हो । अहिले प्रारम्भिक आंकलन चाहिँ जुन चाहिँ हामीले प्रदेशबाट, हाम्रो जिल्ला–जिल्लाबाट हामीले विवरण संकलन गरिरहेका छौँ । झन्डै २४÷२५ वटा होटेल र यो पर्यटकीय इन्स्टलेसनहरू, जस्तो अब केबुलकारमा क्षति पुगेको छ । अब कुनै–कुनै त अलि धेरै नै भा छ । जस्तो हिल्टन होटेल । हिल्टन होटेलको मात्रै पनि ८ अर्बको नोक्शानी भएको आँकलन छ । देशभरिको हेर्दाखेरि झन्डै झन्डै २५ अर्बको आर्थिक नोक्शानी भएको आँकलन शुरुमा छ । यसको त डिटेल आइहाल्छ । इन्सुरेन्सको कुरा होला । सरकारी नियमबाट भ्यालुयटरहरू पठाएर यसको डिटेल आउँछ । तर प्रारम्भिक अहिलेको अवस्थामा चाहीँ अहिलेको जानकारी यही नै हो ।’ 

अध्यक्ष साहकाअनुसार झन्डै २४÷२५ ओटा होटेलमा क्षति पुगेको छ । यो केबुलकारमा क्षति पुगेको छ । अराजकता मच्चाउने र तोडफोड, आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।