३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने
अ+ अ-

काठमाडौं । निरन्तर पहिरो गइरहेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको आज पनि रातभर नखुल्ने भएको जानकारी गराएको छ । कार्यालयका अनुसार भोलि बिहान ४–५ बजेबाटै काम सुरु हुने र आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले आफ्नो सामाजिक संञ्जालमा यस्तो जानकारी गराएको छ-

मिति २०८२/०६/०४ गते । हिजाे साँझ करिब ६:३० बजे देखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको सर्वविदितै छ । मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेकाे हुँदा हामिसँग ४ वटा लोडर र १ वटा Excavator भएपनि सुरक्षाको दृष्टिकोणले निर्वाध रूपमा पहिरो हटाउनकाे लागि दिनभरि नै समस्या भईरहेकाे थियाे ।

नारायणगढतर्फ बाट मात्र १ वटा loader, १ वटा Excavator मुग्लिनतर्फ बाट २ वटा loader, १ वटा excavator निरन्तर रूपमा परिचालन गरि पहिरो हटाउने कार्य हुँदाहुँदै पनि थप पहिरो खस्ने क्रम नराेकिएकाे हुँदा पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगाहरू खसी झण्डै excavator operator ठुलो दुर्घटना हुनबाट जाेगियाे । पहिराे खस्ने जाेखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा/पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव पनि नभएकोले संभव भएसम्म सबै उपकरणहरू प्रयोग गरि पहिरो हटाउन र छिटोभन्दा छिटो सवारी आवागमन सुचारू गर्नेमा हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।

तसर्थ भाेलि बिहानै करिब ४:०० बजेतिर (झिसमिसे उज्यालोमा) पहिरो हटाउने कार्य सुचारू गरिनेछ । सडकमा राेकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रुमहानुभावहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ वैकल्पिक मार्गबारेमा पनि केहीबेरमा यसै पेजमा Update गरिने छ । यात्रु महानुभावहरूमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छाैं । धन्यवाद